image
image

१ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न हिमाल दोलखालाई विद्युत नियमन आयोगको स्वीकृति

काठमाडौँ, १०, भदौ ।  विद्युत नियमन आयोगले हिमाल दोलखा हाइड्रोपावर कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न पूर्व स्वीकृति दिएको छ । 

आयोगले हिमाल दोलखालाई १ः०.७५ प्रतिशत अनुपातमा हकप्रद शेयर बिक्री गर्न स्वीकृति दिएको हो । कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजीको १ः०.७५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर बिक्री गर्न अयोगसँग स्वीकृति मागेको थियो । 
 
हिमाल दोलखाले माग गरे अनुसार नै हकप्रद निष्कासनका लागि स्वीकृति पाएको हो । यद्दपि, कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिन भने बाँकी छ । बोर्डले पनि अनुमति दिएपछि मात्र हकप्रद जारी हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।