image
image
पिपुल्स पावरको आईपीओ बाँडफाँट

पिपुल्स पावरको आईपीओ बाँडफाँट

काठमाडौँ, १२, भदौ । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज (आइतबार) बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादीमा बाँडफाँट भएको हो ।

क्यापिटलका अनुसार यो आईपीओमा १५ लाख ५६ हजार ५२५ आवेदकबाट कुल १ करोड ६९ लाख ७० हजार ६२० कित्ता सेयर माग भएको थियो। जसमध्ये १५ लाख ५१ हजार ४१३ आवेदकबाट परेको १ करोड ६९ लाख १० हजार ६२० कित्ता सदर भएको छ भने ५ हजार ११२ आवेदकबाट परेको ६० हजार कित्ता बदर भएको छ। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसअनुसार भाग्यमानी २ लाख २९ हजार ४६८ जनाले १० कित्ताका दरले शेयर पाएका छन्। तिनै भाग्यमानीमध्ये २ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। 

यो हिसाबले कुल सदर आवेदकमध्ये १३ लाख २१ हजार ९४५ आवेदकको हात खाली हुने देखिन्छ।

पिपुल्स पावरको आईपीओको नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आईपीओको नतिजा पिपुल्स पावर र प्रभु क्यापिटलको वेबसाइटका साथै सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिन्छ। 

कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गते प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गरेको थियो ।

त्यसमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।