image
image

उच्च अंकको गिरावट संगै १९८९ को बिन्दुमा झर्‍यो नेप्से, कतिको भयो कारोबार ?

काठमाडौँ, १२, भदौ । साताको पहिलो कारोबार दिन (आइतबार) शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । गत साताको अन्तिम दिन दोहोरो अंकले घटेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३३.३६ अंकले घटेर १९८९.२६ विन्दुमा कायम हुन पुगेको छ ।

कारोबारको अन्तिम समयसम्म नेप्सेमा २२४ कम्पनीको ६१ लाख ४८ हजार ३४१ कित्ता शेयर खरिदबिक्री हुदाँ २ अर्ब ५ करोड बढीको कारोबार भएको छ । 

आइतबार बजारमा बिक्री चाप बढ्दा कारोबार रकम पनि २ अर्ब माथि पुगेको छ। यस दिन २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँ बराबरको ६१ लाख ४८ हजार ३४१ कित्ता शेयर कारोबार भएको छ।

यस दिन ५ वटा कम्पनीको मात्रै शेयरमूल्य केही बढेको छ। राधि विद्युतको शेयरमूल्य सबैभन्दा धेरै ५.९० प्रतिशतले बढेको छ भने आदर्श लघुवित्तको १.९८ प्रतिशत,मैलुङ खोला जलविद्युतको १.३४ प्रतिशत, युनिलिभरको ०.४१ प्रतिशत र सबैको लघुवित्तको ०.२२ प्रतिशतले बढेको छ।

यता रुरु जलविद्युतको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने अपर हेवाखोला जलविद्युतको ७.०३ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको ६.७७ प्रतिशत,नारायणी डेभलपमेन्ट बैंकको ६.७१ प्रतिशत र बलेफी हाइड्रोपावरको ६.२९ प्रतिशतले घटेको छ।

आइतबार अरुण कावेली हाइड्रोपावरको सबैभन्दा धेरै १० करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको ७ करोड १५ लाख, अपि पावरको ६ करोड २२ लाख, हिमालयन डिस्टिलरीको ६ करोड १९ लाख र रिडि पावरको ५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमा म्युचुअल फण्डबाहेक सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ। फाइनान्स र हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।