image
image

नेप्सेमा ३.७६ अंकको वृद्धि, कारोबार १ अर्ब २६ करोडमा सीमित

काठमाडौँ, १३, भदौ ।  सोमबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन ३४ अंकले घटेर १९८८ अंकमा झरेको सूचकमा सोमबार ३.७६ अंकले वृद्धि हुँदै १९९३.०२ अंकमा उक्लिएको हो । 

तर, कारोबार रकम भने आज १ अर्ब २६ करोड ६६ लाख रुपैयाँ बराबरको मात्र भएको छ । अघिल्लो दिन ३४ अंकले घटेको बजारमा २ अर्ब ५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आज बैंकिङ, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र इन्भेष्टमेन्ट समूहको उपसूचक ऋणात्मक भएका छन् भने ट्रेडिङ, होटल तथा पर्यटन, डेभलपमेन्ट बैंक, हाइड्रोपावर, फाइनान्स, निर्जीबन बीमा, म्यानु एण्ड प्रो र जीवन बीमा समूहको उपसूचक धनात्मक भएका छन् । 

आज सबैभन्दा बढी विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले ७.४८ प्रतिशतले कमाएका छन् भने गुमाउनेमा रुरु जलविद्युत कम्पनीका सेयरधनीहरुले ५.७० प्रतिशतले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।