राप्ती हाइड्रोको शेयरमूल्यमा सकरात्मक सर्किट, कति पुग्यो शेयरमूल्य ?
काठमाडौँ, १५, भदौ । साताको चौथो कारोबारको दिन (बुधबार) शेयर बजारमा कारोबारमा आएको दुई मिनेटमै राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबारमा आएको दुई मिनटमै कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमूल्य बढेर प्रतिकित्ताको मूल्य ३५०.९० रुपैंया पुगेको छ ।
नेप्सेले यो कम्पनीलाई RHGCLकारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई न्यूनतम १०६.३५ रुपैयाँदेखि अधिकतममा ३१९.०५ रुपैयाँ तोकेको थियो। सोही अनुसार कम्पनीको पहिलो कारोबार ३ सय १९ रुपैंयामा भएको हो ।









