image
image

असोज ५ गतेदेखि राधी विद्युतले ९५ लाख ३५ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौँ, १६, भदौ । राधी विद्युत कम्पनी लिमिटेडले असोज ५ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.४७५२ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद जारी गर्नेछ।

हकप्रद निष्कासनका लागि कम्पनीले भदौ १२ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार भदौ १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत असोज २५ गतेसम्म आवेदन दिन पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।