शेयर बजारमा झिनो अंकको गिरावट
काठमाडौँ, १६, भदौ । बिहिबार पनि शेयर बजार झिनो अंकले घट्न पुगेको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार २१.९७ अंक घटेर १९७३.३८ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १.०८ अंकले घटेर १९७२.२९ को विन्दुमा कायम भएको छ ।
हिजो तुलनामा भने कारोबार रकम केही बढेको छ । आज ३९ लाख ५५ हजार ८८६ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ३८ करोड ३४ लाख रुपैंया बढीको कारोबार भएको छ । हिजो नेप्सेमा १ अर्ब १२ करोडमाथिको कारोबार भएको थियो ।
सो रकम बराबरको कारोबार नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज १२ करोड २७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।









