image
image

पाइपलाइनमा अरुण काबेली पावरको १ अर्ब ८५ करोड बढिको हकप्रद

काठमाडौँ, १७, भदौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अरुण काबेली पावर लिमिटेडको हकप्रद पाइपलाइनमा राखेको छ । 

विद्युत नियमन आयोगले अरुण काबेली पावरलाई हकप्रद निष्कासनको पूर्वस्वीकृति दिएपछि मात्र सेबोनले पाइपलाइनमा राखेको हो । यसअघि अरुण काबेली पावरले हकप्रद निष्कासनको अनुमति माग्दै सेबोनमा गत वर्ष कात्तिक २८ गते नै निवेदन थियो । 

तर, विद्युत नियमन आयोगले स्वीकृति प्रदान गर्न बाँकी रहेका कारण सेबोनले पाइपलाइनमा राखेको थिएन । विद्युत नियमन आयोगले गत भदौ १२ गतेमात्रै अरुण काबेलीलाई चुक्तापुँजीको १ः१ अनुपात अर्थात सतप्रतिशत हकप्रद निष्कासनको स्वीकृति प्रदान गरेको थियो । 

आयोग स्वीकृति दिएसँगै सेबोनले अरुण काबेलीको हकप्रद पाइपलाइनमा राखेको हो । अब सेबोनले स्वीकृति प्रदान गरेमा अरुण काबेलीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँबराबरको हकप्रद आफ्ना सेरधनीहरुलाई बिक्री गर्नेछ । 

जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता जारी गर्नेछ । यो हकप्रदको बिक्री प्रबन्धकमा नेपाल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।