image
image

खप्तड लघुवित्तको आइपीओ सोमबार बाँडफाँट हुने, १२ हजार ३४० जनाले मात्र पाउने शेयर

काठमाडौँ, १७, भदौ ।खप्तड लघुवित्तको आइपीओ सोमबार (भदौ २० गते) बाँडफाँट हुने भएको छ । 

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइपीओको प्रि अलोटमेन्ट बिहीबार सम्पन्न भएको छ । सोमबार आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गर्ने तय भएको प्रभु क्यापिटलले जनाएको हो । 

 लघुवित्तले भदौ ८ गतेबाट १२ गतेसम्म कुल १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । योमध्ये ५५ अर्थात् ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।
 
बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । सीडीएस एन्ड क्लियरिङको तथ्यांक अनुसार अन्तिम दिन अर्थात भदौ १२ गते साँझ ५ः०२ बजेसम्ममा १८ लाख ५० हजार १३२ जना आवेदकले २ करोड ४ लाख २२ हजार ४०० कित्ताका लागि आवेदन दिएका थिए । मागभन्दा निकै धेरै आवेदन परेका कारण खप्तडको आइपीओ गोलाप्रथामार्फत बाँडफाँट हुनेछ । 

गोलाप्रथाबाट बाँडफाँट गर्दा १२ हजार ३४० जना आवेदकले मात्र १० कित्ताका दरले शेयर पाउनेछन् । बाँकी आवेदकको हात खाली हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।