image
image

शेयर बजारमा सामान्य अंकको वृद्धि

काठमाडौँ, १९, भदौ । साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजारमा सामान्य अंकले बढेको छ । धेरै उतारचढावकाबीच  आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६.६८ अंकले बढेर १९७७.३० को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सामान्य सुधार देखिएपनि कारोबार रकम भने खासै उत्साहजनक देखिएको छैन । आज शेयरबजारमा २८ लाख ७६ हजार २८८ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ७ करोड रुपैंया बढीको कारोबार भएको छ । 

आइतबार रु रु जलविद्युत परियोजनाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो स्टकको मूल्य ८९ रुपैयाँ ५० पैसा बढेर ९८४ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने जोशी हाइड्रोपावरको ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन शेयरमूल्य घटेका स्टकहरुको गिरावटदर भने कम रहेको छ। कारोबारमा आएको सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य यस दिन करिब ३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी पावर शीर्ष स्थानमा रहेको छ। सो स्टकको यस दिन ८ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन नेपाल टेलिकम र नबिल बैंकको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.८५ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएका होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक यस दिन घटेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।