image
image

कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब डेढ डलरले बढ्यो

काठमाडौँ, २०, भदौ ।  सोमबार विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब डेढ डलरले बढेको छ । आज बिहान ब्रेन्ट तेलको भाउ १.५१ प्रतिशत अर्थात १.४० डलरले बढेर प्रतिब्यारेल ९४.४१ डलरमा कारोबार भइरहेको छ । 

त्यस्तै डब्ल्यूटीआई कच्चा तेल १.४ प्रतिशत अर्थात १.२५ डलरले बढेर प्रतिब्यारेल ८८.१२ डलरमा कारोबार भइरहेको छ । 

कच्चा तेलको मूल्यमा उछाल आउनुको मुख्य कारण रुपमा ओपेक प्लस देशहरुको बस्न लागेको बैठकलाई लिइएको छ । यो बैठकमा तेल उत्पादक राष्ट्रहरुले उत्पादन कटौती गर्ने निर्णय गर्न सक्ने सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।