image
image

राष्ट्र बैंक ४ खर्ब ३० अर्ब रुपैयाँ बराबरको नयाँ नोट छाप्दै राष्ट्र बैंक

काठमाडौँ, २२, भदौ ।  नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँको नयाँ नोट छाप्ने भएको छ । राष्ट्र बैंकले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट ४ खर्ब ३० अर्ब रुपैयाँ बराबरको नयाँ नोट छाप्ने प्रक्रिया सुरु गरेको हो । मंगलबार राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान नयाँ नोट छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।

नोट छाप्न राष्ट्र बैंकबाट योग्य भएका कम्पनीले नयाँ नोटको डिजाइन, प्रिन्ट र सप्लाई गर्ने सम्बन्धमा अगामी ३० दिन भित्र राष्ट्र बैंकमा प्रस्ताव पेश गर्न सक्ने छन् ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती प्रसाद नेपालले अगामी ३ देखि ४ वर्षसम्मका लागि पुग्ने गरी नयाँ नोट छाप्ने प्रक्रिया सुरु गरिएको जानकारी दिए ।

‘३ वर्ष अगाडि हामीले १ हजार रुपैयाँका ४० करोड थान नोट छापेका थियौं,’ नेपालले भने, ‘अहिले पनि नियमित प्रक्रिया अन्तर्गत १ हजार रुपैयाँको नोट छाप्न बोलपत्र आह्वान गरिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।