image
image

नेपाल इन्स्योरेन्सको लिलामी सेयर भर्ने आज अन्तिम दिन

काठमाडौँ, २२, भदौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले भदाै ८ गते, बुधबारदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे संस्थापक समूहकाे सेयरमा आवेदन दिने आज (भदाै २२ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । 

कम्पनीले २१ लाख ५७ हजार ६ सय १५ सय कित्ता संस्थापक सेयर बिक्री खुल्ला गरेकाे हाे । उक्त सेयरको न्यूनतम मूल्य ३ सय २५ रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताहरूले ३ सय २५ रुपैयाँ वा त्यो भन्दा बढी मूल्यमा आवेदन दिन सक्नेछन् । साे सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

त्यसैगरी, कम्पनीकाे सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेकाे छ । इच्छुक व्यक्ति वा संस्थाले कम्पनीको केन्द्रिय कार्यालय मैतिदेवी, काठमाण्डौंमा के कति सेयर खरीद गरी लिने हो सोको व्यहोरा खुलाई निवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।