आज पनि ओरालो लाग्यो शेयर बजार, कारोबार रकम पनि करोडमा झर्यो
काठमाडौँ, २२, भदौ । साताको चौाथो कारोबारको दिन (बुधबार) पनि शेयर बजार ओरालो लागेको छ । अघिल्लो दिन अर्थात मंगलबार दोहोरो अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक आज ११.९७ अंकले घटेर १९३९.८८ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्से सूचक घटेसँगै आज कारोबार रकम करोडमा झरेको छ । आज नेप्सेमा २९ लाख ३४ हजार ७६९ कित्ता शेयर खरिदबिक्री हुदाँ ८२ करोड ६२ लाख रुपैंया बढीको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक नेपाल टेलिकमको ५ करोड १५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।









