image
image

८ अर्ब ७७ करोड खर्चेर निर्माण हुँदैछ नौबस्ता औद्योगिक क्षेत्र

काठमाडौँ, २३, भदौ । घोषणा भएको पाँच वर्षपछि बाँकेको नौबस्ता औद्योगिक क्षेत्र निर्माण अघि बढ्ने भएको छ । विगतमा जग्गा विवादलगायत समस्या देखिए पनि पछिल्लो समय प्रगति भएपछि उद्योगी तथा व्यवसायी उत्साहित बनेका छन् ।

सरकारको नीतिअनुसार औद्योगिक क्षेत्रभित्र उद्योग दर्ता, भन्सार तथा कर कार्यालय स्थापना गर्न मिल्ने गरी पूर्वाधार तयार गरिएको छ । जग्गा विवादलाई पनि टुङ्गो लगाउने प्रयास भइरहेको नौबस्ता औद्योगिक क्षेत्रका कार्यालय प्रमुख कृष्णबहादुर पुनले बताए ।

बैजनाथ गाउँपालिकाको उत्तरमा रत्न राजमार्ग, दक्षिणमा डिगिया डाँडा, पूर्वमा गाभर र पश्चिममा पितमारीभित्र रहेको पाँच सय २५ बिघा सरकारी जग्गामध्ये तीन सय ३८ बिघा जग्गा नौबस्ता औद्योगिक क्षेत्रको नाममा आइसकेको छ ।

उक्त क्षेत्रमा नौदेखि ३० रोपनी क्षेत्रफलका कूल एक सय ११ प्लट निर्माण गरिनेछन् । उक्त प्लटमा औद्योगिक पूर्वाधार बनाउने तयारी छ । यसका लागि ठेक्का प्रक्रिया अगाडि बढीसकेको छ ।

औद्योगिक क्षेत्रको परियोजना सम्पन्न गर्न कूल आठ अर्ब ७७ करोड खर्च लाग्ने अनुमान गरिएको छ । रोकिएको निमार्ण कार्य पुनःसञ्चालन भएपछि उद्योगी व्यवसायी खुसी भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।