image
image

लगातार चौथो दिन पनि घट्यो शेयर बजार

काठमाडौँ, २३, भदौ । आज (बिहिबार) पनि शेयरबजारमा झिनो अंकले घटेको छ । अघिल्लो कारोबारको दिन करिब १२ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २.१३ अंकले घटेर १९३७.७४ को बिन्दुमा झरेको छ । 

हिजोको तुलनामा भने नेप्सेमा कारोबार भने थौरे बढेको छ । आज ३४ लाख १ हजार ७६२ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ४ करोड ४४ लाख बढीको शेयर कारोबार भएको छ । 

यस दिन १३९ स्टकको मूल्य बढेपनि वृद्धिदर भने कम रहेको छ। यस दिन ग्लोबल आइएमई लघुवित्त र मल्टीपर्पस फाइनान्स कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सामुदायिक लघुवित्तको शेयरमूल्य सर्वाधिक साढे ६ प्रतिशत घटेको छ। त्यस्तै, अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य यस दिन साढे ५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन एभरेष्ट इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन १३ करोड १० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, रिडी पावरको यस दिन करिब साढे ४ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.३७ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यता अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.३३ प्रतिशत घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।