image
image

घट्यो सुनको मुल्य, प्रतितोला कतिमा किनबेच हुँदै ?

काठमाडौँ, २८, भदौ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य भने बढेको छ ।   

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । 

यस्तै तेजाबी सुनको मूल्य आज  ९३ हजार रुपैयाँ कायम भएको हो ।  

हिजो सोमबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १ हजार १८५ रुपैयाँ कायम भएको छ। हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार १५० रुपैयाँमा कारोबार भएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।