image
image

१ अर्ब बढी लगानीमा नगरकोटमा रिसोर्ट बन्दै

काठमाडौँ, २८, भदौ । टायो इको रिसोर्ट होटल कम्पनीले नगरकोटमा रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले १ अर्ब १६ करोड ६० लाख रुपैयाँ लगानीमा नगरकोटमा रिसोर्ट निर्माण गरी सञ्चालनमा ल्याउने भएको हो ।

कम्पनीकाअनुसार नगरकोटमा २८ रोपनी क्षेत्रफलमा सञ्चालनमा आउने रिसोर्टमा ४२ वटा कोठाको सुविधा हुनेछ । जसमा २ वटा सुइट रुमको व्यवस्था हुने कम्पनीले जनाएको छ ।

कम्पनीले परम्परागत शैलीमा र नेवारी वास्तुकलामा रिसोर्ट निर्माण गरेको जनाएको छ । ‍आगामी अक्टोबर २०२२ बाट रिसोर्ट सञ्चालनमा ल्याउने तयारी गरेको छ 

कम्पनीले उक्त रिसोर्ट सञ्चालनमा लागि दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८३ करोड २५ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ८१ करोड ८० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ करोड ४५ लाख रुपैयाँको रेटिङ गराएको छ ।

समीररत्न कंसकार र पद्मीनी कंसकारको स्वामित्व रहेको रिसोर्टको ८० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।