बुद्ध एयरले ९ महिनामा गर्याे ७ अर्ब ६९ करोडको कारोबार
काठमाडौँ, २८, भदौ । बुद्ध एयर प्राइभेट लिमिटेडले सन् २०२२ को पहिलो ९ महिनामा साढे ७ अर्बभन्दा बढीको कारोबार गरेको छ । बुद्ध एयरको वित्तीय विवरणअनुसार यो रकमबराबरको कारोबार भएको छ ।
गत वर्ष बुद्धले ३ अर्ब ३३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२० मा ४ अर्ब ९४ करोड २० लाख, २०१९ मा ६ अर्ब ८० करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ ।
आन्तरिक यात्रुको संख्या बढेकाले ९ महिनामा कारोबारमा वृद्धि भएको बुद्धले जनाएको छ ।
बुद्ध एयरले देशका प्रमुख शहरमा उडान गर्दै आएको छ । त्यस्तै भारतको बनारससम्म उडान गरेको छ ।









