image
image

नेपालमा ५५ देशको लगानी, उद्योगमा सबैभन्दा बढी

काठमाडौँ, २८, भदौ । नेपालमा ५५ देशले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएका छन् । ती देशहरुले ६० प्रतिशतभन्दा बढी लगानी उद्योग क्षेत्रमा गरेको नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले देखाएको छ । नेपालमा सबैभन्दा बढी लगानी गर्नेमा भारत अग्रस्थानमा छ ।

भारतले ७५ अर्ब १ करोड रुपैयाँ नेपालका उद्योगहरुमा गरेको केन्द्रिय बैंकले जनाएको छ । चीनले ३३ अर्ब, आयरल्याण्डले १६ अर्ब ४८ करोड, सिंगापुरबाट १५ अर्ब ४८ करोड, सेन्ट किड्स् एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड रुपैयाँ लगानी गरेको राष्ट्र बैंकले जनाएको छ । यो २०७८ असार मसान्तसम्मको अवस्था हो ।

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी सेवा क्षेत्रमा ३९.४ प्रतिशत, जलविद्युत क्षेत्रमा ३०.८ प्रतिशत, उत्पादन क्षेत्रमा २९.५ प्रतिशत लगानी रहेको छ ।

अध्ययन वर्षमा वैदेशिक लगानीको कुल मौज्दात १४.८ प्रतिशतले बढेको छ । यो सँगै २ खर्ब २७ अर्ब ९५ करोड रुपैया वैदेशिक लगानी मौज्दात रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.९ प्रतिशत, सञ्चितिको ३१.६ प्रतिशत र कर्जाको अंश १४.५ प्रतिशत रहेको छ । चुक्ता पुँजीको अंश १३.७ प्रतिशतले बढेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भएको केन्द्रिय बैंकले जनाएको छ । वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४.९ प्रतिशत रहेको पाइएको छ भने नाफाको दर करिब १४.७ प्रतिशत रहेको पाइएको छ ।

आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीका सम्बन्धमा प्रत्येक वर्ष स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ ।

केन्द्रिय बैंकले आर्थिक वर्ष २०७७/७८ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल १९७ वटा कम्पनीको नमूना छनौट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७/७८’ तयार पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।