image
image

न्युजिल्याण्डमा झण्डै २ हजार कोरोना सङ्क्रमित थपिए, थप ४६ जनाको मृत्यु

काठमाडौँ, २८, भदौ । कोरोना लहरको प्रारम्भीक चरणमा महामारीको सफल व्यवस्थापन गरेर चर्चा कमाएको न्युजिल्याण्डमा कोभिड १९ बाट पछिल्लो २४ घण्टामा करिब दुई हजार जना सङ्क्रमित भएका छन् ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोभिडबाट पछिल्लो २४ घण्टामा एक हजार नौ सय ४१ जना सङ्क्रमित भएका हुन् ।

मन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार सङ्क्रमण गएका केही हप्ताको तुलनामा अहिले कम हुदै गएको छ । साथै पछिल्लो २४ घण्टामा ४६ जना सङ्क्रमितको मृत्यु भएको पनि बताइएको छ ।

जुलाई महिनाको सुरुको हप्तामा त्यहाँ दैनिक दश हजार जनामा सङ्क्रमण हुने गरेको थियो । तर पछिल्लो समयमा यो सङख्या घट्दै गएको र अहिले आएर दैनिक करिब दुई हजार जनामा मात्र यो सङ्क्रमण भएको पाइएको बताइएको छ ।

त्यहाँ कोभिड १९ महामारी सुरु भएदेखि अहिलेसम्म १७ लाख भन्दा बढीमा यो सङ्क्रमण भएको बताइएको छ । यो सङ्क्रमणबाट हुने मृत्युदरमा भने कमी आएको बताइएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यो सङ्क्रमणबाट हालसम्म एक हजार ९६२ जनाको मात्र मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।