image
image

विदेशी कम्पनीहरुले सूचना प्रविधि क्षेत्रबाट १३ अर्ब ९८ करोड ४० लाख रुपैयाँ लाभांश लगे

काठमाडौँ, २९, भदौ ।  आर्थिक वर्ष २०७७/७८ मा सूचना प्रविधिमा लगानी गरेवापत विदेशी कम्पनीहरुले बढी लाभांश फिर्ता लिएको देखिएको छ । विदेशी कम्पनीहरुले नेपालमा लगानी गरेवापत् सूचना प्रविधि क्षेत्रबाट १३ अर्ब ९८ करोड ४० लाख रुपैयाँ लाभांशका रुपमा लैजान सफल भएका छन् । 

आर्थिक वर्ष २०७७/७८ मा नेपालको विभिन्न क्षेत्रमा लगानी गरेवापत् विदेशी कम्पनीहरुले २६ अर्ब ७ करोड ६० लाख रुपैयाँ लाभांश लैजान सफल भएका छन् । नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार नेपालमा विदेशी कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ मा सो रकम लाभांशका रुपमा विदेश लगेका हुन् ।

 सोही आर्थिक वर्षमा विदेशी लगानीकर्ताहरुले उत्पादनमुलक क्षेत्रमा लगानी गरेवापत ६ अर्ब ७४ करोड ७० लाख, विद्युतीय उपकरणमा लगानी गरेवापत् ३ अर्ब ८१ करोड ६० लाख, बैंक तथा बीमा क्षेत्रमा लगानी गरेवापत् ८६ करोड ८० लाख, शिक्षा क्षेत्रमार्फत् ३० करोड ३० लाख र अन्य क्षेत्रबाट ३५ करोड ७० लाख रुपैयाँ लाभांश लैजान सफल भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।