image
image

बैंकिङ प्रणालीमा एकैदिन ६ अर्ब निक्षेप थपियो, सीडी रेसियो कति पुग्यो ?

काठमाडौँ, २९, भदौ ।  बैंकिङ प्रणालीमा एकैदिन ६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार भदौ २७ गते बैंकिङ प्रणालीमा एकैदिन ६ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । 

योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिनसम्म कुल निक्षेप ५० खर्ब ४७ अर्ब रुपैयाँ रहेको थियो ।

भदौ २७ गते वाणिज्य बैंकहरुको मात्रै निक्षेप ६ अर्ब रुपैयाँले बढेको छ । गत भदौ २६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ४८ अर्ब रुपैयाँ रहेकोमा भदौ २७ गतेसम्म बढेर ४४ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ । 

राष्ट्र बैंकका अनुसार भदौ २७ गते बैंक तथा वित्तीय संस्थाहरुको थप १ अर्ब रुपैयाँ कर्जा लगानी प्रवाह भएको छ । गत भदौ २६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४७ खर्ब १६ अर्ब रुपैयाँ रहेकोमा भदौ २७ गतेसम्म बढेर ४७ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ । 

यो एक दिनमा वाणिज्य बैंकहरुको कुल कर्जा लगानी २ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिन कुल कर्जा लगानी ४१ खर्ब ८० अर्ब रुपैयाँ रहेको थियो । 

निक्षेप बढेसँगै बैंक तथा वित्तीय संस्थाहरुको औसत सीडी रेसियोमा सामान्य सुधार आएको छ । गत भदौ २६ गतेसम्म औसत सीडी रेसियो ८८.१३ प्रतिशत रहेकोमा भदौ २७ गतेसम्म थोरै घटेर ८८.११ प्रतिशतमा झरेको छ । 

बैंकहरुको अन्तरबैंक ब्याजदर भने ८.५ प्रतिशत रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।