image
image

शुक्रबार शेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता, कतिको भयो त कारोबार ?

काठमाडौँ, ३१, भदौ ।  साताको अन्तिम कारोबारको दिन (शुक्रबार) पनि शेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएको छ । 

अघिल्लो दिन उच्च अंकले घटेको  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १४.१० अंकले घटेर १९१०.३८ को विन्दुमा कायम हुन पुगेको छ ।

आज कारोबारको दुई घण्टामा नेप्सेमा २९ लाख १६ हजार २७१ कित्ता शेयर खरिदबिक्री हुदाँ ९० करोड ८१ लाख ८६ हजार ४८७ रुपैंया बराबरको कारोबार भएको छ ।  

यस दिन कारोबारमा आएको नबिल ब्यालेन्स्ड फण्ड २ को इकाईमूल्य सर्वाधिक ७.८७ प्रतिशत बढेको छ। त्यसैगरी, बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशत बढेको छ भने अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ५.७५ प्रतिशत बढेको छ। यस दिन मिर्मिरे माइक्रोफाइनान्स रिभर फल्स र अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरी र नबिल बैंकको ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

शुक्रबार १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। सो उपसमूहको परिसूचक यस दिन ०.०१ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक, वित्त, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।