image
image

धितोपत्र बोर्डद्धारा शेयर ब्रोकर नियमावली संशोधन, नयाँ लाइसेन्स खुल्ला

काठमाडौँ, २, असोज ।  नेपाल धितोपत्र बोर्डले शेयर ब्रोकरको नयाँ लाइसेन्स खुल्ला गर्ने गरी नियमावली संशोधन गरेको छ । लगानीकर्ताहरुको तीव्र माग बमोजिम सीमित संख्याका ब्रोकरलाई कारोबार बृद्धि सँगै फराकिलो बनाउने उद्देश्यले बोर्डले नयाँ शेयर ब्रोकरको लाइसेन्स खुल्ला गर्न नयाँ नियमावली जारी गरेको हो ।

नयाँ नियमावली जारी गरेपछि अब ३० सूचनामार्फत नयाँ धितोपत्र ब्रोकर कम्पनी स्थापना गर्न आवेदन माग गर्नुपर्नेछ । नेपाल धितोपत्र बोर्डले तोकिएको अवधीभित्र तोकिएको मापदण्ड पूरा गरेका आवेदकलाई धितोपत्रको लाइसेन्स दिने बाटो खुल्ला भएको छ ।
हाल नेप्सेमा आफ्नो एकाधिकार कायम राख्दै आएका ब्रोकर कम्पनीहरुले लगानीकर्तालाई सारै दुःख दिएपछि लगानीकर्ताकै माग र दवावको आधारमा सेबोनले नयाँ ब्रोकर लाइसेन्स खुल्ला गर्न लागेको हो । तर, यसअघि चर्चामा आएको सधैंभरिका लागि ब्रोकर लाइसेन्स खुल्ला गर्ने भन्ने यसअघिको प्रस्तावलाई कटौति गर्दै मन्त्रिपरिषदबाट स्वीकृत भएको नियमावलीमा नयाँ नियमावली जारी भएपछि ३० दिने सूचनामार्फत धितोपत्र दलालको लाइसेन्स खुल्ला गरिने उल्लेख छ ।

नयाँ व्यवस्था अनुसार प्रत्येक पाँच वर्षमा नयाँ ब्रोकर कम्पनीको लाइसेन्स खुल्ला गरिनेछ । यसअघि प्रत्येक वर्ष लाइसेन्स खोल्ने बोर्डको प्रस्तावलाई मन्त्रिपरिषदले संशोधन गरी तीन तीन बर्ष वर्षमा बजारको अध्ययन गरेर आवश्यकताको आधारमा नयाँ लाइसेन्स खुल्ला गरिने व्यवस्था नियमावलीमा गरिएको छ ।

नयाँ धितोपत्र दलाल कम्पनी स्थापना गर्न चुक्ता पुँजि ६० करोड रुपैयाँ तोकिएको छ । त्यस्तै, सीमित धितोपत्र दलाल सेवाको लागि २० करोड चुक्ता पुँजि तोकिएको छ । त्यस्तै स्टक ब्रोकर कम्पनीको लागि एक अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजि तोकिएकोछ । हाल नेपालमा ५९ वटा धितोपत्र दलाल कम्पनी सञ्चालनमा रहेका छन् भने नागरिक स्टक डिलर नामक एउटा स्टक डिलर कम्पनी सञ्चालनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।