image
image

राष्ट्र बैंकले ११ अर्ब ८३ करोड रुपैयाँँको ट्रेजरी बिल जारी गर्ने

काठमाडौँ, २, असोज ।  नेपाल राष्ट्र बैंकले ११ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार असोज दुई गते अर्थात आज (आईतवार) अपरान्ह तीन बजेसम्म बोलकवोलको माध्यमबाट उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागेको हो ।

असोज चार गते जारी मिती तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले बोलकवोल पेस गर्न सक्ने छन् । यसरी जारी गरिने कुल ट्रेजरी बिल मध्येमा २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड र एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड रुपैयाँ बराबरका रहेका छन् ।

ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ कात्र्तिक एक गते, २०७९ पुस पाँच गते र २०७९ चैत्र सात गते तोकिएका छन् ।

राष्ट्र बैंकका अनुसार ट्रेजरीहरु सबै पुरानो नविकरण अन्र्तगतका रहेका छन् । यसअघि गत साता पनि राष्ट्र बंैकले १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।