image
image

शेयर बजार आज झन्डै ३४ अङ्कले घट्यो

काठमाडौँ, २, असोज ।  शेयर बजार आज झन्डै ३४ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ९७ अङ्कले घटेर एक हजार आठ सय ७६ दशमलव ४१ विन्दुमा झरेको छ । 

आज सबै समूहको शेयर राताम्मे भएकोमा बीमा, विकास बैंक, माइक्रोफाइनान्स, उत्पादन, जलविद्युत्, व्यापार, उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । 

नेप्से परिसूचक घटेकाे दिन दुई सय २९ वटा कम्पनीको ६२ लाख ९६ हजार कित्ता शेयर एक अर्ब ६० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै लक्ष्मी विकास बैंकको २१ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । 

आज बलेफी हाइड्रोपावरको शेयर सबैभन्दा धेरै झन्डै आठ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि ग्लोबल आईएमई समुन्नत योजना १ को शेयर पाँच प्रतिशतभन्दा धेरैले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।