image
image

खाने तेलको भाउ घट्यो

काठमाडौँ, २, असोज ।  सरकारले खाने तेलको कच्चा पदार्थ आयातमा भन्सार महशुल घटाएपछि तेलको भाउ घटेको छ । सूर्यमुखी, भटमास, तोरी लगायतको आयातमा बजेटमार्फट बढेको भन्सार महशुल केही दिन अघि घटाएपछि मूल्य पनि सस्तो भएको हो । 

प्रतिलिटर २९५ रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य अहिले थोकमा २४५ रुपैयाँमा आइपुगेको छ । त्यस्तै, एक महिना अगाडीसम्म प्रतिलिटर २८० रुपैयाँ रहेको तोरीको तेलको मूल्य पनि अहिले २५० रुपैयाँमा झरेको छ ।

२९५ रुपैयाँ पर्ने भटमासको तेलको मूल्य अहिले २२० रुपैयाँसम्म आएको छ । 

भदौ २३ गते राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले पाम, सूर्यमुखी र भटमासको कच्चा तेल र दाना आयात गर्दा भन्सार महसुलमा ९० प्रतिशत छुट दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।