image
image

कोरोना बीमाको दाबी भुक्तानीका लागि एक अर्ब निकासा

काठमाडौँ, ३, असोज ।  सरकारले धेरै लामो समयदेखि प्रतिवद्धता जनाउदै आएको कोरोना बीमाको दाबी भुक्तानीका लागि एक अर्ब रुपैयाँ निकासा गरेको छ । अर्थमन्त्रालयले बीमा समितिलाई एक अर्ब रुपैयाँ निकासा भएको जानकारी दिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

गत साता बसेको मन्त्रिपरिषदको बैठकले एक अर्ब रुपैयाँ निकासा गर्ने निर्णय गरेको हो । मन्त्रालयले बीमा समितिलाई हरेक बैठकमा रकम निकासा गर्ने प्रतिवद्धता मात्रै दिदै आएको थियो । तर यस पटक भने एक अर्ब निकासा गर्ने निर्णय गरेको हो । रकम बीमा समितिको खातामा आइसकेको छैन तर निर्णय भइसकेकोले रकम खातामा भने आउनेछ ।

कोरोना बीमा मार्गदर्शन २०७७ अनुसार १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेकोमा १ लाख ६५ हजार ५९ बीमितले १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रूपैयाँ बराबरको दावी परेको थियो ।

जसमध्ये बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समिति समेतबाट ३ अर्ब ५० करोड दावी भुक्तानी गरिसकेका छन् । १२ अर्ब भन्दा बढी दावी भुक्तानी बाँकी रहेको कम्पनीले जनाउदै आएका छन् । कोरोन बीमा मापदण्ड अनुसार साढे तीन अर्ब भन्दा माथिको दायित्व सरकारले बेहोर्नुपर्ने रहेको छ । तर सरकारले यतिका समय वितिसक्दा पनि उक्त रकम भुक्तानी गर्न आनाकानी गर्दै आइरहेको छ । सरकारले एक अर्ब रुपैयाँ मात्रै निकासा गरेकाले यो भोलिका दिनमा दाबी भुक्तानीका क्रममा सबैभन्दा धेरै विवादित बन्ने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।