image
image

खाने तेलको मूल्यमा गिरावट, कति ?

काठमाडौँ, ३, असोज । खाने तेलको मूल्य घटेको छ । होलसेल व्यापारीहरुका अुनसार एक महिनाको अवधिमा तेलको मूल्य लिटरमै ५० रुपैयाँले घटेको हो। सूर्यमुखी,भटमास र तोरीको तेलको मूल्यमा ठूलो गिरावट आएको चेम्बर अफ कमर्शले जनाएको छ ।

एक महिना अघि प्रतिलिटर २९५ रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य थोकमा २४६ रुपैयाँमा झरेको छ । २८० रुपैयाँ रहेको तोरीको तेलको मूल्य २५० रुपैयाँमा झरेको छ । यस्तै २९३ रुपैयाँ पर्ने भटमासको तेलको मूल्य न्युनतम् २१८ रुपैयाँ समम्मा झरेको छ ।

नेपाल वनस्पति घ्यु तेल उत्पदक संघका अनुसार अन्तरराष्ट्रिय बजारमा तेलको मूल्यमा आएको गिरावटका कारण खाने तलेको मूल्यमा उच्च गिरावट देखिन थालेको छ ।

संघका अनुसार जेठयता मात्रै खाने तेलको मूल्य लिटरमा ७० रुपैयाँसम्मले घटेको छ । तेलको मूल्य अन्तराष्ट्रिय बजारमै घटेकाकारण नेपाली बजार पनि घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।