image
image

अरुण काबेलीले गर्‍यो लाभांश घोषणा

काठमाडौँ, ४, असोज ।  अरुण काबेली पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८÷७९ को लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १९ करोड ५१ लाख ६८ हजार १४५ रुपैयाँ बराबरको लाभांश बाँड्ने प्रस्ताव गरेको हो ।

चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र थप कर प्रयोजनका लागि ०.५२ प्रतिशत गरी १०.५२ प्रतिशत लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ रहेको छ । 

कुल लाभांश मध्ये कम्पनीले १८ करोड ५५ लाख २१ हजार ५० रुपैयाँ बोनस सेयर र ९६ लाख ४७ हजार ९५ रुपैयाँ कर प्रयोजनका लागि नगद खर्च गर्नेछ ।

कम्पनीको प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात सेयरधनीलाई वितरण हुनेछ । बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी कुल २ अर्ब ४ करोड ७ लाख ३१ हजार ५५० रुपैयाँ पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।