मंगलबार शेयर बजारमा उच्च अंकको गिरावट, कतिको भयो कारोबार ?
काठमाडौँ, ४, असोज । साताको तेस्रो दिन (मंगलबार) शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बैंकहरुको ब्याजदर परिवर्तनसँगै प्रभावित भएको शेयर बजार आज पनि उच्च अंकले घट्न पुगेको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.८१ अंकले घटेर १८३७.६० को विन्दुमा कायम भएको छ ।
आज शेयर बजारमा २३१ कम्पनीको ३८ लाख ५६ हजार ५३८ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२ रुपैंया बराबरको कारोबारभएको छ ।
सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक हिमालयन डिस्टिलरीको ५ करोड ६५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।









