image
image

७५ जिल्लामा फैलियो डेंगु, २१ जनाको मृत्यु

काठमाडौँ, ४, असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा डेंगु संक्रमणबाट २१ जनाको मृत्यु भएको जनाएको छ। मन्त्रालयले हाल ७ वटै प्रदेशको ७५ जिल्लामा डेंगु संक्रमण फैलिएको जनाएको छ। 

मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म १७ हजार ५ सय ९४ जनामा डेंगु संक्रमित व्यक्ति भेटिएका छन्। सबैभन्दा बढी बागमती प्रदेशमा १२ हजार ९ सय ४७ जनामा डेंगु संक्रमित भेटिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

लामखुट्टे नियन्त्रण नभई डेंगु नियन्त्रण हुँदैन । पानी परिरहेकै छ, त्यसैले मौसम नै अहिलेको चुनौती बनेको छ,’ । ‘समुदायमा जनचेतना प्रवाह भइरहे पनि धेरै ठाउँमा लापरबाही छ ।’ अहिले डेंगुको अवस्थालाई महामारीभन्दा पनि प्रकोप भन्न मिल्ने भएको छ । 

त्यस्तै,प्रदेश १ मा पाँच सय ६०,मधेश प्रदेशमा २ सय ६१,गण्डकीमा चार सय ९,लुम्बिनी प्रदेशमा २ हजार ६ सय ४३ जना,कर्णाली प्रदेशमा २ सय ७ र सुदुरपश्चिम प्रदेशमा पाँच सय ६७ जनामा डेंगु संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।