image
image

बैंकमा एक सातामै बढ्यो साढे ४० अर्ब निक्षेप

काठमाडौँ, ५, असोज ।  भदौ अन्तिम साता बैंकिङ प्रणालीमा निक्षेप ह्वात्तै बढेको छ ।

बैंकर्स संघका अनुसार भदौ अन्तिम साता बैंकिङ प्रणालीमा ४० अर्ब ५४ करोड रुपैयाँले बढेको छ ।

भदौ २४ गतेसम्म वाणिज्य बैंकले ४४ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकामा भदौ ३१ गतेसम्म आइपुग्दा ४० अर्ब ५४ करोड रुपैयाँले बढेर ४४ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ ।

एक सातामा निक्षेप ह्वात्तै बढ्दा कर्जा प्रवाह भने उल्लेख्य रुपमा हुन सकेको छैन । भदौ २४ गतेसम्म ४१ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकामा ३१ गतेसम्म आइपुग्दा २ अर्ब २० करोड रुपैयाँले बढेर ४१ खर्ब ९० करोड रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।