image
image

पर्यटन बोर्डको बजेट १ अर्ब १७ करोड

काठमाडौँ, ५, असोज ।  चालु वर्ष ७ लाख पर्यटक नेपाल आउने ‘हचुवा प्रक्षेपण’ गरेर बजेट नल्याउन भन्दै पर्यटन बोर्डका कर्मचारीले गत आइतबार सञ्चालक समितिको बैठकमा नाराबाजी गरेका छन् । कर्मचारीले नजिकिँदै गरेको चुनावमा केही दलका नेतालाई रिझाउन बजेट ल्याइएको आरोप लगाउँदै उनीहरूले बोर्ड बैठकमै नाराबाजी गरेको बोर्डका एक सदस्यले जनाए ।

५५ जना कर्मचारीमध्ये ४० जनाले हस्ताक्षरसहित बोर्डको बैठकको अध्यक्षता गरिरहेका पर्यटन सचिव सुरेश अधिकारीलाई उनीहरूले ज्ञापन बुझाएका थिए । चालु वर्षको बजेट सैद्धान्तिक रूपमा पारित भएको र केही विषय मिलाउन मात्रै बाँकी रहेको बोर्डका उपाध्यक्ष चन्द्र रिजालले बताए । ‘बजेट सैद्धान्तिक रूपमा पारित गर्‍यौं । १ अर्ब १७ करोड रुपैयाँ आय–व्ययसहितको बजेट बोर्डमा प्रस्तुत गरिएको उनले जनाए ।

सञ्चालक समितिलाई चालु वर्षको बजेटले कर्मचारीको तलब १५ प्रतिशत वृद्धि गरेकाले त्यसकै आधारमा बोर्डका कर्मचारीको पनि तलब समायोजन गर्न कर्मचारीले माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।