image
image

कृषि विकास बैंकले बढायो निक्षेपको व्याजदर

काठमाडौँ, ५, असोज ।  कृषि विकास बैंकले निक्षेपको व्याजदर बढाएको छ । बैंकले जारी गरेको सूचनाअनुसार यही असोज १ गतेदेखि लागू हुने गरी निक्षेपका विभिन्न शीर्षकको ब्याजदरमा वृद्धि गरेको हो । 

अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने क्रममा बैंकले हालै रिकरिङ खाताको प्रोडक्ट जारी गरी नियमित, मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक किस्तामा रकम जम्मा गरी  खाता खोल्न सकिने प्रोडक्ट जारी गरेको छ ।

बैंकले आफ्नो नयाँ सेवा ‘लखपति करोडपति धमाका’ ल्याएको छ । यसमा हजार राखे लाख र लाख राखे करोड पाउनुका साथै न्यूनतम रकम र निश्चित अवधिमा राखिएको रकमको दुईगुणा, तीनगुणा र पाँचगुणा हुने गरी प्रतिफल प्राप्त गर्न जम्मा गर्नुपर्ने निक्षेप रकम र अवधि घटाएको छ ।  

साथै बडादसैँ, तिहार, नेपाल संवत् र छठ पर्वको उपलक्ष्यमा बैंकमा गई लखपति करोडपति धमाका खातासहित साधारण बचत, चेतनशील नारी बचत, कृषक बचत, सेयरहोल्डर बचत, बाआमा बचत, सम्बृद्धि बचत, कर्मचारी निवृत्तिभरण बचत, सामाजिक सुरक्षा विशेष बचत, सबै नेपालीको बचत, रेमिट्यान्स बचत, मेरो खुसी मेरो भविष्य मुद्दति, सेवानिवृत्त कर्मचारी मुद्दति, छोरी छोरा जीवन समुन्नत खाता, अक्षयकोष खाता खोल्दा भिसा कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, डिम्याट, सीआरएन, लकर सेवामा विशेष छुट प्रदान गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।