image
image

दशैँको मुखैमा चामलको भाउ बोरामै २ सय रुपैयाँसम्मले बढ्यो

काठमाडौँ, ५, असोज । यसपालीको दशैँमा नेपालीको भान्छा महँगो हुने भएको छ । अन्य खाद्यान्नसहित चामलकै भाउ उकालो लागेको छ । भारतले निर्यातमा कर बढाएपछि नेपाली व्यवसायीहरुले आफूखुशी चामलको भाउ बढाएका छन् । 

पछिल्लो १ हप्तामा मूल्य बढेर चामल बजारमा आएको छ । जिरा मसिनो चामलको खुद्रा मूल्य प्रतिकिलो ८ रुपैयाँले बढेको छ । बोरामा २ सय रुपैयाँसम्मले बढेको छ । 

खुद्रा व्यापारीहरुका अनुसार यसअघि १७ सय ५० रुपैयाँमा पाइने २५ किलो जिरा मसिनो चामलको भाउ अहिले प्रतिबोरा १९ सय ५० देखि ठाउँ अनुसार २ हजारसम्म पुगेको छ । 

एकैपटक बोरामा २ सयले भाउ बढेको यो नै पहिलो पटक हो ।

किराना व्यवसायीहरुले पनि चामलको भाउ बढेको बताएका छन् । उनीहरुलाई चामलको सिजन सकिएको नयाँ धान मंसिरमा मात्रै आउने भएकाले चामल कम मात्रामा उपलब्ध हुने भएकाले भाउ बढाउनु परेको उत्तर दिने गरिएको छ । 

अर्कोतर्फ, भारतले गत भदौ २३ मा चामल निर्यातमा कर बढाएपछि नेपालमा स्वभाविक रुपमा भाउ बढेको तर्क व्यवसायीहरुले गरेका छन् । तर, कर भारतले कर बढाएपछि चामलको आयात नै भएको छैन । आयात नै नभएपनि कर बढेको भन्दै नेपालका व्यवसायीहरुले आफूखुशी चामलको भाउ बढाएका छन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने दशैँ लक्षित बजार अनुगमनलाई तीव्रता दिने बताएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।