image
image

राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्ने

काठमाडौँ, ५, असोज ।  राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले २५ लाख कित्ता ऋणपत्र जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन पेश गरेको हो।

कुल निष्कासन मध्ये १५ लाख कित्ता बैंकले व्यक्तिगत तरीकाले बाँडफाँट गर्नेछ। बाँकि १० लाख कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन्।

बैंकले ७ वर्ष अवधिको ऋणपत्र जारी गर्दैछ। २०८६ सालमा ऋणपत्र परिपक्क हुनेछ। बैंकले ऋणपत्र बापत वार्षिक १०.५ प्रतिशत ब्याज भुक्तानी गर्ने जनाएको छ।

बैंकले ऋणपत्र निष्कासन तथा बिक्रि प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको हो।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।