image
image

बैंकहरुले बढाएको व्याजदरप्रति अर्थमन्त्री असन्तुष्ट

काठमाडौँ, ६, असोज । बैंकहरुले वृद्धि गरेको व्याजदरप्रति अर्थमन्त्री जनार्दन शर्मा असन्तुष्ट देखिएका छन् । बिहीबार काठमाडौंको भुकुटीमण्डमा आयोजित पहिलो विद्युतीय सवारी साधनहरुको प्रदर्शनीको ‘नाडा इभि एक्स्पो २०२२’ काे उदघाटन गर्दै अर्थमन्त्रीले यस्तो असन्तुष्टी व्यक्त गरेका हुन । उनले बैंकहरुप्रति लक्षित गर्दै भने निक्षेपमा १३ प्रतिशतसम्म ब्याजदर बनाएपछि उद्योगमा लगानी कसले गर्छ ? 

बैंकहरुले वृद्धि गरेको ब्याजदरका बारेमा मन्त्रालयमा समेत छलफल गरिने अर्थमन्त्री शर्माले बताएका छन् । उनले भने, ‘यो आर्थिक वृद्धिका लागि निक्कै घातक छ यसका बारेमा मन्त्रालयका सचिवसहितको टोलीमा छलफल हुन्छ ।’

काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना भएको उक्त एक्स्पोमा नेपाल विद्युत प्राधिकरण समेत सहभागी रहेको छ । उक्त एक्स्पोमा अमेरिकन डोनर संस्था युएसएडले विद्युतीय सवारी साधनको साक्षरताका लागि इभी चौतारी नामक तीन दिने सुचनामूलक गोष्ठीको सन्चालन गर्ने आयोजकले जनाएको छ । 

नाडा इभी एक्स्पो २०२२ ठूला तथा साना गरि ५१ वटा स्टल र ब्लकहरु रहेका छन् । एक्स्पोमा ७ वटा ब्राण्डका चार पाङग्रे, एउटा तीन पाङग्रे, १६ वटा ब्राण्डका दुई पाङग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याट्री, ९ वटा पार्टपुर्जा, ग्यारेज उपकरण कम्पनी एवं ४ वटा वित्तिय संस्थाहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।