image
image

काठमाडौं महानगरपालिकाको राजस्व संकलनमा वृद्धि

काठमाडौँ, ६, असोज । काठमाडौं महानगरपालिकाको राजस्व संकलनमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको असोज ५ गतेसम्मको तुलनामा यस आर्थिक वर्ष असोज ५ गतेसम्ममा महानगरपालिकाको २९.८५ प्रतिशत बढी राजस्व संकलन भएको हो ।

नगर प्रमुख बालेन्द्र शाहको सचिवालयका अनुसार यस अवधिमा अघिल्लो आर्थिक वर्ष १ अर्ब २८ करोड ७१ लाख ३२ हजार ६६८ रुपैयाँ संकलन भएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६७ करोड १४ लाख ६ हजार ९८३ रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लोको तुलनामा ३८ करोड ४२ लाख ७४ हजार ३१५ रुपैयाँ बढी हो ।

महनगरले कर नतिर्ने ठूला करदातालाई पत्राचार गरेर कडाई गरेपछि राजस्व संकलनको मात्रामा वृद्धि भएको महानगरले बताएको छ । मेयर शाहले मनोरञ्जन कर तिर्न नमानेका क्यासिनो, फन पार्कलगायतलाई चेतावनी दिँदै कर तिर्न पत्राचार गर्न लगाएका थिए । करको दायरामा आउन नमानेका संघ संस्थाले पनि यो वर्ष सम्पत्ति कर बुझाएका छन् । ती संघ संस्थाले १ करोड ८० लाख ७३ हजार ३११ रुपैयाँ ६७ पैसा सम्पत्ति कर महानगरलाई बुझाएका छन् ।

यस्तै, बहाल कर बुझाउन आनाकानी गरिरहेका संघ संस्थाहरुबाट ७८ लाख ३६ हजार ४४१ रुपैयाँ ६६ पैसा राजस्व असुली भएको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिए ।

नियमित करदाताबाहेक कर तिर्न अटेर गर्नेहरुबाट करिब ५० करोड रुपैयाँ राजस्व थप हुने प्रक्षेपण गरिएको छ । यसमध्ये विद्युत् प्राधिकरणले मात्र २६ करोड १९ लाख रुपैयाँ सम्पत्ति कर तिर्न बाँकी रहेको अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।