image
image

नेपाली मुद्रा हालसम्मकै कमजोर

काठमाडौँ, ७, असोज । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । 

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तय गरेको विनिमय दरअनुसार १ डलरको बिक्री दर १२९.६८ रुपैयाँ पुगेको छ । यसअघि हिजो अमेरिकी डलरको बिक्रीदर १२९.०८ रुपैयाँ पुगेको थियो । जुन हालसम्मकै उच्च थियो ।  

नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ । अमेरिकी डलरको तुलनामा भारुको मूल्य कमजोर हुँदा त्यसको सोझो प्रभाव नेपाली रुपैयाँमा पर्ने गरेको छ । 

गत बुधबार अमेरिकाको फेडरल रिजर्भले ब्याजदर थप ७५ बेसिस प्वइन्टले बढाएको छ। मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाएको हो । योसँगै डलर पनि बलियो बनेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।