image
image

बीओईले बढायो ब्याजदर

काठमाडौँ, ७, असोज । बैंक अफ इङ्गल्याण्ड (बीओई) ले दशकौंको उच्च मुद्रास्फीतिको सामना गर्न बिहीबार फेरि आफ्नो ब्याज दरमा तीव्र वृद्धि गरेको छ । बैंकले बेलायती अर्थतन्त्र मन्दीमा फस्ने चेतावनी पनि दिएको छ ।

 

बेलायती बैंकको लगातार दोस्रो पटकको ०.५ अङ्कको वृद्धि यस हप्ताको अमेरिकी फेडरल रिजर्भ र अन्य वैश्विक केन्द्रीय बैंकहरूले ब्याज दरमा गरेको उच्च वृद्धिपछि भएको छ हो ।

बेलायती नीति निर्माताहरूले शीघ्र तथा उच्च रूपमा भएको उपभोक्ता मूल्यहरू नियन्त्रण गर्न खोजिरहेका छन् । बैंकले प्रमुख ब्याज दरलाई ०.५ प्रतिशत बिन्दुले २.२५ प्रतिशतमा पु¥याई अधिकांश बजारका अपेक्षाहरू पूरा गरेको छ । बैंकको अगस्टको कदमलाई दोहो¥याउँदै पहिले नै ऋण लागतलाई १४ वर्षको उच्च विन्दुमा पु¥याएको थियो ।

बेलायती प्रधानमन्त्री लिज ट्रसले व्यवसाय र घरपरिवारका लागि ऊर्जाको मूल्य स्थिर गर्ने र देशको जीवनयापनको लागत्लाई कम गर्ने योजनाको परिणामस्वरूप मुद्रास्फीतिको दृष्टिकोणमा सुधार भएको उल्लेख गरिएको छ ।

“बैंक अफ इङ्ल्यान्डले मूल्यवृद्धिलाई नियन्त्रण गर्ने प्रयास गरेकाले बैंक दर सन् २००८ यताकै उच्च विन्दुमा पुगेको छ,” इन्टरएक्टिभ इन्भेस्टर्स एनालिस्ट भिक्टोरिया स्कोलरले भने ।

विश्व बैंकले चालू तेस्रो त्रैमासिक वा सेप्टेम्बरको अन्त्यसम्ममा बेलायतको अर्थतन्त्र खुम्चिने सङ्केत पनि गरेको छ । अघिल्लो तीन महिनामा ०.१ प्रतिशतले खुम्चिएपछि यसले बेलायतलाई मन्दीमा धकेल्नेछ । मन्दीको प्राविधिक परिभाषा नकारात्मक वृद्धिको दुई सीधा त्रैमासिक हो ।एजेन्सी

यसैबीच, विश्व बैंकले आगामी महिना मुद्रास्फीति ११ प्रतिशतमा पुग्ने प्रक्षेपण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।