image
image

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा पठायो २९ अर्ब मात्रै तरलता

काठमाडौँ, ७, असोज । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल सोझै खरिद (आउटराइट पर्चेज) मार्फत बैंकिङ प्रणालीमा ४० अर्ब तरलता पठाउन खोजे पनि बैंकहरुले ब्याजदर बढी खोजे पछि करिब २९ अर्ब मात्रै पठाएको छ ।

बिहीबार राष्ट्र बैंकले तरलता अभाव बढ्दै गएपछि ट्रेजरी बिल सोझै खरिदमार्फत ४० अर्ब तरलता प्रणालीमा पठाउन बोलकबोल आह्वान गरेको थियो ।

शुक्रबार निष्कासन हुने गरी भएको बोलकबोलमा बैंकहरुले ब्याजदर दोहोरो अंकसम्म पुर्‍याएपछि २८ अर्ब ८५ करोडको मात्रै ट्रेजरी बिल राष्ट्र बैंकले खरिद गरेको छ ।

बैंकहरुले आफूसँग भएको ट्रेजरी बिल दिएर १७ बैंकले ४६ अर्ब ९९ करोड ५० लाख रुपैयाँ तरलता माग गरेका थिए । तर, राष्ट्र बैकले भने २८ अर्ब ८५ करोडको मात्रै ट्रेजरी बिल खरिद गरेर प्रणालीमा तरलता पठाएको छ ।

उक्त आउट राइट पर्चेजको औसत ब्याजदर ८.४७१० कायम हुँदा अधिकतम १०.७४१० र न्यूनतम ७.०२९३ प्रतिशतमा केन्द्रीय बैंकले खरिद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।