image
image

गौतम अडाणीको दैनिक १६ अर्ब १२ करोड कमाई

काठमाडौँ, ७, असोज । आइआइएफएल वेल्थ हुरुन इंडिया रिच लिस्ट २०२२ बुधबार प्रकाशित भएको छ । यस लिस्टमा अडाणी ग्रुपका अध्यक्ष गौतम अडाणी १०।९४ लाख करोड भारतीय रुपैयाँको सम्पत्तिसँगै पहिलो नम्बरमा छन् । 

दोस्रो नम्बरमा रिलायंस इन्डस्ट्रीजका अध्यक्ष मुकेश अम्बानी छन् । उनको सम्पत्ति ७.९४ लाख करोड रुपैयाँ छ । ३० सेप्टेम्बर २०२१ मा जारी भएको पछिल्लो हुरुन लिस्टपछि अडाणीले हरेक दिन १६१२ करोड रुपैयाँले सम्पत्ति बढेको देखिएको छ ।

 अम्बानीले यो अवधिमा हरेक दिन २१० करोड कमाई गरेका छन् । अडाणीको सम्पत्तिमा ११६ प्रतिशतको वृद्धि भएको छ भने अम्बानीको सम्पत्तिमा ११ प्रतिशतको मात्रै वृद्धि देखिएको छ । 

२०२१ को हुरुन रिच लिस्टमा अम्बानी पहिलो र अडाणी दोस्रो नम्बरमा परेका थिए । यो सूचीमा तेस्रो नम्बरमा साइरस पूनावाला, चौथोमा पर नाडार र ५ औं नम्बरमा राधाकिशन दमानीको नाम छ । 

भारतको सबैभन्दा नयाँ एडटेक यूनिकर्न फिजिक्स वाला को–फाउंडर अलख पाण्डे, प्रतीक माहेश्वरी र क्विक कमर्स जेप्टाको को–फाउंडर कैवल्य वोहरा पहिलापटक हुरुन इंडिया रिच लिस्टमा समावेश भएका हुन ।

हुरुन लिस्टको सुरुवातपछि पहिलोपटक लिस्टमा समावेश धनीहरुको कुल सम्पत्ति १ सय लाख करोड रुपैयाँ पुगेको छ । यो सिंगापुर, यूएई र साऊदी अरबको संयुक्त जीडीपी भन्दा धेरै हो । 

हुरुनले आईआईएफएल वेल्थसँगको साझेदारीमा हुरुन इन्डिया रिचलिस्टको ११ औं वार्षिकोत्सव संस्करण सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।