image
image

आज पनि डरलको भाउँ नयाँ उचाइमा, नेपाली रुपैयाँ इतिहासकै सबेभन्दा कमजोर

काठमाडौँ, ९, असोज । अमेरिकी डलरको भाउ आज आइतबार पनि नयाँ उचाइमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आइतबार अमेरिकी डलरको भाउ १२९ रुपैयाँ ८९ पैसा पुगेको छ । नेपालीले १ डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्च गर्नु पर्ने भएको छ ।

शुक्रबार अमेरिकी डलरको भाउ १२८ रुपैयाँ ६७ पैसा पुगेको छ । त्यो रेडकर्डलाई तोड्दै आइतबार डलरको भाउले अर्को रेकर्ड बनाएको हो ।

अहिले अमेरिकी फेडेरल रिजर्भले ब्याज बढाएको कारण पनि डलरको भाउमा असर परेको छ भने ताइवानलाई लिएर अमेरिका र चीन बढेको विवादको कारणले पनि डलरको भाउमा असर परेको छ । धेरै देशमा आर्थिक मन्दी आएको कारण पनि डलरको सञ्चिति बढाउदा डलरको मग बढेका छ । यसले भाउ बढाएको हो ।

पछिल्लो समय भारतीय रुपैयाँ कमजोर भएको छ । भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो । आइतबार नेपाली रुपैयाँ इतिहासकै सबेभन्दा कमजोर बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।