image
image

आइतबार दोहोरो अंकले घट्यो शेयर बजार, १८०० बिन्दु नजिक झर्दै नेप्से

काठमाडौँ, ९, असोज । साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो साता उतारचढावकाबीच उच्च अंकले घट्न पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २३.८३ अंकले घटेर १८१५.१३ को विन्दुमा कायम हुन पुगेको छ ।

अघिल्लो दिन ६५ करोडको कारोबार भएकोमा आइतबार १ अर्ब बढीको शेयर कारोबार भएको छ। यस दिन १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रुपैयाँ बराबरको ४० लाख १४ हजार ४१९ कित्ता शेयर कारोबार भएको छ।

आइतबारदेखि शेयर कारोबार सुरु भएको अभियान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने लक्ष्मी बै‌ंकको २.६६ प्रतिशत, जोशी हाइड्रोपावरको २ प्रतिशत, बोटलर्स नेपाल (बालाजु) को २ प्रतिशत र आदर्श लघुवित्तको १.९८ प्रतिशतले बढेको छ।

यता, तेह्रथुम पावरको शेयरमूल्य सबैभन्दा धेरै ७.९० प्रतिशतले घटेको छ भने सामुदायिक लघुवित्तको ६.६५ प्रतिशत, निफ्राको ६.४१ प्रतिशत, बुद्धभुमी हाइड्रोपावरको ५.७४ प्रतिशत र अरुण भ्याली हाइड्रोपावरको ५.६३ प्रतिशतले घटेको छ।

आइतबार लक्ष्मी बैंकको सबैभन्दा धेरै २६ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नबिल बैंकको ४ करोड २९ लाख, रिडी हाइड्रोपावरको ३ करोड ४९ लाख, निफ्राको २ करोड ५९ लाख र अरुण काबेली हाइड्रोपावरको २ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन् जसमा हाइड्रोपावर, लगानी र फाइनान्स उपसमूहको सूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।