image
image

आज कुन देशको मुद्रा विनिमयदर कति ? 

काठमाडौँ, १०, असोज । नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ।  सोमबार अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ २९ पैसा र बिक्रीदर १२९ रुपैयाँ ८९ पैसा कायम गरिएको छ। आइतबार हालसम्मकै उच्च भाउ कायम गरेको डलर आज स्थिर रहेको छ। 

युरोपियन युरो एकको खरिदमा भने १२५ रुपैयाँ ३१ पैसा र बिक्रीमा १२५ रुपैयाँ ८९ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ४० पैसा र बिक्रीमा ८४ रुपैयाँ ७९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ १३ पैसा र बिक्रीमा ९५ रुपैयाँ ५७ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १४० रुपैयाँ ३८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३ पैसा तोकिएको छ। 

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ३० पैसा र बिक्रीमा ३५ रुपैयाँ ४६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३४ रुपैयाँ ५२ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ २० पैसा र बिक्रीमा ३५ रुपैयाँ ३६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रुपैयाँ २४ पैसा र बिक्रीमा २८ रुपैयाँ ३७ पैसा पाइन्छ।

सोमबार कुवेती दिनार एकको खरिदमा ४१७ रुपैयाँ १३ पैसा र बिक्रीमा ४१९ रुपैयाँ ७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३४४ रुपैयाँ ५१ पैसा तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।