image
image

कुमारी बैंक र एनसीसी बैंकको दोस्रो बजारमा शेयर कारोबार रोक्का

कामठाडौँ, ११, असोज । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) बीच एक आपसमा गाभ्ने र गाभिने (मर्जर) सम्बन्धी सम्झौता गरेका छन । मर्जर सम्झैता भएसँगै दुबै बैंकको दोस्रो बजारमा कारोबार रोक्क भएको छ ।

दुबै बैंकले असोज १० गते दिनको १ बजे सम्झौतापत्रमा हस्ताक्षार गरेका हुन । सम्झौता अनुसार दुई बैंकले एक बराबर एक शेयरको अनुपातमा मर्ज हुनेगरी सम्झौता गरेका छन् । यद्यपि डिडिए रिपोर्ट आएपछि यो अनुपात फरक पर्न सक्ने बताईएको छ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका हालका सिइओ रमेशराज अर्याल हुनेछन् ।

हाल कुमारी बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३३ रुपैयाँ छ भने एनसिसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८० रुपैयाँ रहेको छ । दुई बैंक गाभिएपछि चुक्ता पूँजी २५ अर्ब ८५ करोड पुग्नेछ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बमोजिम बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली एवमं धितोपत्र सम्बन्धी तथा अन्य प्रचलित कानुन र नेपाल राष्ट्र बैंकको नीति निर्देशन अनुसार मर्जर प्रकृया अघि बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।