image
image

हिमाल दोलखा हाईड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने

कामठाडौँ, ११, असोज । हिमाल दोलखा हाईड्रोपावर कम्पनीले हकप्रद सेयर बिष्काशन गर्न लक्ष्मी क्यापिटल मार्केटलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । त्यसका लागि असोज ९ गते कम्पनी र क्यापिटलबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा हिमाल दोलखा हाईडो पावर कम्पनीको तर्फबाट अध्यक्ष रन्जना दाहाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।

काठमाडौमा रजिष्टर्ड कार्यालय रहेको हिमाल दोलखा हाईडो पावरले हालको पुँजी १ अर्ब ६० करोड रुपैयाँको प्रति सेयर सय रुपैयाँका दरले १ कित्ता सेयरको ०.७५ प्रतिशत को अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर निकाष्शन गर्ने भएको छ ।

कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका–९ १० मा माई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई नगरपालिका–९ मा रहेको माई साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) हाइडोपावर संचालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।