image
image

शेयर बजार आज दाेहाेराे अङ्कले बढ्याे

कामठाडौँ, ११, असोज । साताको तेस्रो दिन (मंगलबार) शेयर बजारमा सुधार देखिएको छ । बैंकहरुको ब्याजदर घटाउने विषयले आज शेयर बजारमा केही सुधार देखिएको हो ।  

आज कारोबारको अन्तिम समयसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक १५.९२ अंकले बढेर १८३१.०५ को विन्दुमा कायम हुन पुगेको छ । 

आज २१ लाख ७ हजार ७४२ कित्ता शेयर खरिदबिक्री हुदाँ ६६ करोड ३० लाख १३ हजार रुपैंया बराबरको शेयर कारोबार भएको छ । अघिल्ला दिनहरुमा शेयरबजार घटेसँगै लगानीकर्ताहरुको उत्साह घट्न पुगेकाले आज पुँजीबजारमा कारोबार ६६ करोडमा खुम्चिन पुगेको हो ।

सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक रिडी हाइड्रोपावरको २ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

शेयर बजारमा हरियाली छाएसंगै आज सामुदायिक लघुवित्तको शेयर सकरात्मक सर्किट लेभमा कारोबार भएको छ । 

त्यस्तै, अभियान लघुवित्तको ६.७, अप्पर हेवाखोला हाइड्रोपावरको ६, हिमालयन पावरको ५.९९ र माउन्टेन इनर्जी नेपालको ५.७१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।